राहुललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाण्डौ, भेपमा लुकाएर सुन लुकाएर तस्करी गरेको प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरापुत्र राहुललाई अदालतले  ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

विद्युतीय चुरोट (भेप) मार्फत भएको करिब ९ किलो सुन तस्करी अनुसन्धानका लागि सीआईबीले राहुललाई बुधबार पक्राउ गरेको थियो। उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको थियो। प्रहरीले १० दिन समय मागे पनि ५ दिन मिलेको हो।

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर सम्पर्क देखिएको थियो।

सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूले २५० भन्दा धेरै पटक फोन सम्पर्क गरेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो।

 

ताजा समाचार