अत्तरियामा वडा भवनको नाममा जंगल कब्जा प्रकरणः ६ जना पक्राउ

धनगढी , कैलालीको गोदावरी नगरपालिका वडा नं ४ को भवन निर्माण गरिरहेका ६ जना मजदुरलाई वन कार्यालयले पक्राउ गरेको छ । स्थानीय खैराना महिला सामुदायिक वनभित्र गोदावरी नगरपालिका वडा नं ४ को भवन निर्माणमा काम गरिरहेका गोदावरी नपा ६ का कज्जु चौधरी, गौरव चौधरी, दिपक चौधरी, विशाल चौधरी र बुझाइने चौधरीलाई वन कार्यालयले पक्राउ गरेको हो ।

अत्तरीया वन सवडिभिजनका प्रमुख निरन्जन पडालले जंगलभित्र भवन निर्माण बन्द गर्न सामुदायिक वनलाई पत्राचार गर्दा पनि अटेर गरी निर्माण जारी राखेपछि पक्राउ गरिएको हो । ‘यसअघि राति जंगलभित्र वडा भवनको जग हाल्ने काम भएको थियो,’ पडालले भने, ‘जानकारी पाउनेबित्तिकै सामुदायिक वनलाई पत्राचार गरिएको थियो ।’

गोदावरी नगरपालिकाले सर्वदलीय सर्वपक्षीय भेला गरी सामुदायिक वनभित्र वडा भवन बनाउने निर्णय गरेको थियो । नगरपालिकाले एक करोड ३५ लाखमा टेण्डर नै आहृवान गरी भवन निर्माण सुरु गरेको थियो । १ करोड ३५ लाखमा आहृवान गरिएको टेण्ड ८६ लाखमा सदर गरी भवन निर्माण सुरु भएको हो ।

 

ताजा समाचार