अत्तरिया , कैलाली को अत्तरियामा रहेको दुर्गा दशरथ भट्ट स्मृति प्रतिष्ठानले सुदुरपश्चिमका तीन ठुला अस्पताललाई स्वास्थ सामाग्री उपलब्ध गराएको छ । अत्तरियामा आयोजित एक कार्यक्रम मार्फत प्रतिस्ठानले सेती,डडेल्धुरा र महाकाली अस्पताललाई झन्डै १ करोड २२ लाख बराबर को सामाग्री उपलब्ध गराएको हो ।
प्रतिष्ठानका संरक्षक पुर्बमन्त्री लेखराज भट्टले उक्त सामाग्री सेती अस्पतालका अध्यक्ष निर्मल शाह , डडेलधुरा अस्पताल बिकास समितिका अध्यक्ष करुणाकर भट्ट र महाकाली अस्पतालका अध्यक्ष कृष्णा नन्द भट्टलाई ह्स्तान्तरण गरेका हुन ।
सो अबसरमा अस्पतालका अध्यक्षहरुले प्रतिष्ठानले गरेको सहयोग प्रती धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा राखेका थिए। प्रतिष्ठानका संरक्षक पुर्बमन्त्री भट्टले आफू राजनीतिमा दुर्गा- दशरथ ( बुवा आमा) को प्रेरणाले लागेको बताए ।
उनले आफ्नो जीवन नै राजनीति मा बितेको ले बुवा आमाको नाममा खोलिएको प्रतिष्ठान मार्फत पनि जनता को सेवाको कार्य गरिने बताए । प्रतिष्ठान संग ह्याम्स अस्पताल काठमाडौले सहकार्य गरेर समाग्री ल्याएको हो ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षक गोकर्ण भट्ट, गोदावरी नगरपालिकाका निबर्तमान नगर-प्रमुख हरिसिं साउँद, प्रतिस्ठानका कोषाध्यक्ष शर्मानन्द भट्ट लगाएतको सहभागिता रहेको थियो ।