भारतमा रेलमा आगलागी हुँदा ८ जनाको मृत्यु, २० जना घाइते

एजेन्सी, भारतको तमिलनाडुमा एक रेलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ।मदुरै रेलवे स्टेसन नजिक तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।

लखनऊबाट ६० जनाभन्दा बढी तीर्थयात्री बोकेर अगस्ट १७ मा उक्त रेल सामी दर्शनका लागि दक्षिण भारतको यात्रामा निस्केको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार बिहान मदुरै पुगेका तीर्थयात्रीहरुले हिजो नागरकोइलस्थित पद्मानभा स्वामी मन्दिरको दर्शन गरेका थिए ।

मदुरै रेलवे स्टेसनबाट करिब एक किलोमिटर दूरीमा रोकिएको उक्त रेलमा आगो लागेको थियो । प्रत्यक्षदर्शीका अनुसार रेल रोकिएको समयमा केही यात्रीहरुले ग्यास सिलिन्डरको प्रयोग गरी चिया बनाइरहेको अवस्थामा अच्चानक आगो लागेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

 

ताजा समाचार