कञ्चनपुरको गड्डाचौकी सडकमा चक्काजाम

कंचनपुर , कंचनपुरमा चक्काजाम गरिएको छ । इन्टरनेट प्रदायक कम्पनीको लापरबाहीका कारण युवकको मृत्यु भएको भन्दै कञ्चनपुरको गड्डाचौकी सडक खण्डमा चक्काजाम गरिएको हो ।

इन्टरनेटको तार टाउकोमा लागेर बुधवार साँझ स्थानीय दिनेश ओडको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले आज(बिहिवार) बिहानैबाट प्रदर्शन गरेका हुन् । उनीहरूले भीमदत्त नगरपालिका–५ सुकासाल अन्तर्गतको सडकमा ढुंगा राख्दै टायर बालेर चक्काजाम गरेका छन् ।

जथाभावी तार छाड्ने कम्पनीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित प्रदर्शन गरेको स्थानीय विशाल कुमार तिरुवाले बताए । गड्डाचौकी सडक खण्ड अवरुद्ध हुँदा नेपाल भारत आवतजावत गर्ने यात्रुलाई सास्ती भएको छ ।

 

ताजा समाचार