एमाले गोदावरी नगर कमिटिद्वारा स्वर्गिय भट्टराईको परिवारलाइ सहयोग हस्तान्तरण

अत्तरिया,नेकपा एमाले गोदावरी नगर कमिटिले गोदावरी -९ धनचौरीका स्वर्गिय रतन बहादुर भट्टराईको परिवारलाइ सहयोग हस्तान्तरण गरेको छ ।

उनको परिवारको आर्थिक स्थिति कमजोर भएका कारण नगर कमिटिको तर्फबाट ४ थान ब्लाङ्केट,२ बोरा चामल,तेल्,चिनि,१० केजि आटा, चियापत्ति, दाल लगायतका सामाग्री सहयोग गरिएको नगर उपाध्याक्ष सन्तोष सिंहले बताए । यस्तै भट्टराई परिवारलाई नगर कमिटीले  रु ३५०० नगद सहयोग गरेको समेत सिंहले बताए ।

सहयोग कार्यक्रममा नगर सचिवालय सदय बिक्रम बिष्ट, रुपेश बिक ,छबिन्द्र नाथ योगी ,इश्वर बडुवाल तथा नगर सदस्य दिपेन्द्र भण्डारी, वडा सदस्य धुर्ब भट्टराई.वडा कमिटि ९ का अध्यक्ष कुमार जप्रेल , नबिन बुढामगर लगायत सहभागिता रहेको थियो । 

 

ताजा समाचार