महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा विभिन्न योजना तथा कार्यक्रममा व्यापक भ्रष्टाचार भएको आरोप लगेको छ । नेपाली कांग्रेस नेतृत्वको स्थानीय सरकार रहेको कृष्णपुरमा जनप्रतिनिधि नै भ्रष्टाचारमा संललग्न रहेको आरोप लगेको हो ।
नेकपा एमाले कृष्णपुर नगर कमिटिले आईतबार पत्रकार सम्मेलन गदैँ नेपाली कांग्रेसको नेतृत्वको स्थानीय सरकार भ्रष्टाचारमा लिप्त रहेको दावि प्रेस विज्ञप्ती जारी गरेको छ । एमालेले विभिन्न योजना र कार्यक्रममा भ्रष्टाचार भएको र त्यसमा जनप्रतिनिधिहरुको संलग्नता समेत रहेको दावि गरेको छ ।
स्थानीय निर्वाचनपछि नियमित रुपमा खबरदारी गदैँ आएको एमालेले जनताको समस्या सम्बोधन भन्दा पनि भ्रष्टाचार र अनियमितामा पालिका उद्धत रहेको दावि गरेको हो । पालिकामा भईरहेको भ्रष्टाचारका विरुद्ध पटक–पटक नगर नेतृत्वको ध्यानाकर्षण गराउदा समेत सुनुवाई नभएको भन्दै नेकपा (एमाले) ले चरणवद्ध आन्दोलनको चेतावनी समेत दिएको छ ।
नेकपा (एमाले) कृष्णपुर नगर कमिटीले यस विषयमा नगरप्रमुख हेमराज ओझालाई भेटर नै ध्यानार्कषण गराईएको नगर कमिटी अधयक्ष गणेश सिंह ऐरीले बताए । उनले पटक–पटक नगर नेतृत्वलाई सचेत गराउदा पनि भ्रष्टाचार नियन्त्रणमा नआएको र झन–झन नयाँ तौर तरिकाहरु अपनाउदै नीतिगत ढंगले नै अनियमितता बढेको बताए ।
‘अहिले भर्खरै पनि ‘मेयरसाप’ सँग वार्ता भयो, हामीले उठाएका विषयवस्तु हरुलाई उहाँले हल्का ढंगले लिएको देखियो,’ अध्यक्ष ऐरले भने, ‘पटक–पटक आग्रह र सुझाव दिदासमेत उहाँले टेर्नु भएन, त्यसैले ती सबै विषयवस्तु लगेर जनतामाझ जाने निर्णय गरेका छौँ।’ एमाले नगर कमिटीले कृष्णपुर नगरपालिकामा भएको बेथितिलाई ४० बुँदामा समेटेको छ। आव ०८०÷०८१ को बजेट र नीति तथा कार्यक्रमहरु नेतामुखी भएको, उपभोक्ता समिति गठन गर्दा जनप्रतिनिधिहरुले आफू अनुकुलका ब्यक्तिहरुलाई राखेर कमिसन लिएको, उपभोक्ता हरुलाई त्यसबारे जानकारी नै नभएको पाइएको एमालेले जनाएको छ । योजनाहरु डुब्लिकेसन गरिएको, अनुदानका कार्यक्रममा अनियमितता गरिएको, ठुला योजनाहरुलाई टुक्रा पारेर अनुकुलका ब्यक्तिहरुलाई कोटेसनमा दिइएको, भूगोल भन्दा बाहिरका ब्यक्तिहरुलाई उपभोक्ता समितिमा राखेर मनोमानी तवरले काम गरिएको एमाले नगर कमिटीको आरोप छ।
एमाले नगर कमिटी इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य लोकराज पन्तले ब्यक्तिगत स्वार्थका लागि यी विषय नउठाएको र लिखित र मौखिक रुपमा पटक–पटक आग्रह गर्दा पनि नगर नेतृत्व कानमा तेल हालेर सुतेकाले जनतामा जाने निर्णय गरेको बताए ।
‘जनतानै न्यायाधीश हुन्, सबै मुद्दाहरु जनस्तरमा लग्छौँ र गलत हर्कतविरुद्ध भण्डाफोर अभियान चलाउछौँ,’ यसअघि नगर प्रमुखका उम्मेदवारसमेत रहेका पन्तले भने । कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझासहित अधिकांस जनप्रतिनिधि कांग्रेसबाट निर्वाचित भएका छन्। निवर्तमान नगर प्रमुख तथा एमाले प्रदेश कमिटी सदस्य कर्णबहादुर हमालले जनतासँग प्रत्यक्ष सरोकार भएका मुद्दाहरु नगर नेतृत्वले सम्बोधन नगरेको बताए । ‘काम गर्दा केहीँ कमि–कमजोरी हुन सक्छन भनेर एमालेले उहाँहरुलाई एक वर्षको समय दिएको हो,’ उनले भने, ‘तर समृद्ध कृष्णपुर बनाउने अभियानमा उहाँहरुले अहिलेसम्म केहीँ काम गर्न सक्नु भएन, जनतालाई विश्वासमा पनि लिन सक्नु भएन। प्रतिवद्धता अनुरुप काम गर्नुको सट्टा स्वच्छाचारिता देखाउन थालेपछि हामीले सचेत गराउने निर्णय गरेका हौँ ।’ एमाले नगर कमिटीले बेथितिका ४० बुँदा पनि समेटेको छ। त्यसबारे राजनीतिक लडाइँ लड्ने एमाले प्रदेश कमिटी सदस्य सुरेन्द्र बमले बताए। ‘नीतिगत भ्रष्टाचारका बारेमा बोल्ने अधिकार हरेक नागरिकलाई छ,’ उनले भने, ‘यसबारे सम्बन्धी सबैले हेर्न र बुझ्न सक्नुहुन्छ ।’ एमाले नगर कमिटीले सूचनाको हक प्रयोग गरी नगरपालिकालाई निबेदन दिएको थियो। त्यसबाट प्राप्त सूचना र जानकारी, स्थलगत अनुगमन तथा बिभिन्न तथ्य, तथ्यांकहरु केलाउदा अनियमितताका श्रृंखलाहरु भेटिएको नगर कमिटीले जनाएको छ।
हेर्नुस् ४० बुँदे आरोपसहितको प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
राजनितिक दलहरुको नेतृत्वमा नेपाली जनताको बलिदानीपूर्ण राजनितिक, सामाजिक संघर्षको परिणाम स्वरुप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र उक्त कार्यभार पुरा गर्न बनेको नेपालको संविधान २०७२ अनुसारको तीन तहको सरकार संरचना प्रति नेकपा (एमाले) प्रतिबद्ध छ । सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई पुरा गर्ने उद्देश्का साथ अघि बढेको हाम्रो पार्टीले आर्थिक, सामाजिक रुपान्तरण गर्दै समाजवादको लक्ष्य हासिल गर्न तीन तहको सरकारमा प्रमुख भुमिका निर्वाह गर्ने स्थानीय तहलाई घर सरकारको रुपमा लिएको छ भने अर्को अर्थमा सिंहदरवारमा केन्द्रीकृत मुलुकको शासन प्रणालीलाई जनताको घरघरमा पुर्याउने उद्देश्यका साथ स्थानीय सरकारको परिकल्पना गरिएको हो ।
यसै सन्दर्भमा जनताको जीवनसंग प्रत्यक्ष रहेको, घरदैलोमा रहेको स्थानीय सरकारले कृष्णपुर नगरपालिकाबासीलाई उपेक्षा गरेर दिन बिताईरहेको छ । जनमतको दुरुपयोग गर्दै जनप्रतिनिधिहरुकै प्रत्यक्ष संलग्नतामा अनियमितताका गन्ध सतहमा देखिइ रहेका छन् । ति अनियमितताका विषय सामाजिक सञ्जाल देखि विभिन्न अनलाईनहरुमा सार्वजनिक भएका छन । उपभोक्ता समितिहरुको गठन, सार्वजनिक खरिद ऐन, नियमावली बमोजिम दरभाउपत्र र बोलपत्र मार्फत गरिनुपर्ने काम समेत कार्यकर्ता भरणपोषण एवम् कमिसनकोे लोभमा कोटेशन र उपभोक्ता समितिबाट गराउने काम गरिएको छ । त्यस्तै विभिन्न अनुदान वितरण लगायत विषयहरुमा व्यापक अनियमितता भएको ठहर हामीले गरेका छौ । स्थलगत रुपमा अवलोकन गर्दा देखिएका एवम् व्यापक जनगुनासोका आधारमा निम्न विषय र कार्यक्रमहरुमा अनियमितता भएको ठहर गर्दै सार्वजनिक गर्दछौ । साथै उक्त विषयमा कानुनी रुपमा निराकरण गर्दै सुशासनयुक्त समाज निर्माणमा सहकार्य गर्न आग्रह गर्दछौ ।
लोकतन्त्रको सौन्दर्यता प्रतिपक्ष हो । विभिन्न लोभ लालच र चलखेलका बिचमा हामी निर्वाचनमा पराजय व्यहोर्नु परेको साँचो हो । तर पनि जनताबाट हामीलाई सम्मानजनक मत प्राप्त भएको सर्वविदितै छ । यस कारणले पनि हामीलाई विश्वास र भरोसा गर्ने जनताको तर्फबाट खबरदारी गर्नु हामीले आफ्नो कर्तव्य ठानेका छौं ।
स्थानीय सरकारको कार्यसम्पादनबाट समाजवादको यात्रा तय गर्न सक्ने कुनै आधार देखिएको छैन । सामान्य जनजिविकाका सवालमा समेत परिवर्तनको आभाष हुन सकेन । जनप्रतिनिधिले जनताको सेवा प्रवाहमा गैरजिम्मेवार बनेको गुनासो व्याप्त छ । आज सत्ता सम्हालिरहेको गठबन्धन र त्यसका प्रतिनिधिहरुले लुटतन्त्र मच्चाउने कृष्णपुर नगरपालिकालाई चरम दुरुपयोग गरेको पाइन्छ । यस्तो रबैयाले स्थानीय सरकारको रुपमा नगरवासीले कति दिन हेर्ने, जनता भनेका सिर्जनाको संवाहक हुन, नेकपा (एमाले) त्यसको नेतृत्व हो ।
अनियमितता देखिएका विषयहरु
(१) वार्षिक बजेट निर्माण गर्दा स्थानीय सरकार संचालन ऐन २०७४ अनुरुप ७ चरण पुरा गर्नुपर्ने व्यवस्था भएपनि आ.व. २०८०÷०८१ को बजेट कार्यान्वयन गर्ने समयसम्म आउँदा कुनै चरण नै पार नगरी मनोगत ढङ्गबाट नीति तथा कार्यक्रम र बजेट पेश गरिएको । बजेट बनाउँदा जनमुखी, आवश्यकताका आधारमा नभई नेता कार्यकर्ता केन्द्रीत योजना निर्माण गर्न हालसम्म पनि वडागत एवम् विषयगत शाखागत बजेट र कार्यक्रमहरु सार्वजनिक नगरिएको ।
(२) नगरपालिकाले प्रदान गर्ने सेवाप्रवाह (तालिम, गोष्ठि, अभिमुखिकरण कार्यक्रम सार्वजनिक सरोकारका विषयहरुमा, सार्वजनिक सुनुवाई कार्यक्रम, बिऊबिजन वितरण, बाख्रा वितरण, कृषि औजार वितरण) मा विभेद गरिएको ।
(३) उपभोक्ता समितिको गठन, सञ्चालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७४ बमोजिम उपभोक्ता समितिहरु गठन नगरि सेवाक्षेत्र भित्रका उपभोक्ता सहभागी नभई गलत मनसायका साथ सेवाक्षेत्र बाहिरबाट उपभोक्ता समितिको पदाधिकारी चयन गरिएको । उपभोक्ता समिति मार्फत काम नगरि समिति देखाउने तर जनप्रतिनिधिले आफ्ना जिम्मा लिई काम गराएको । उपभोक्ता समितिका पदाधिकारी सदस्यहरुलाई कामका बारेमा कुनै जानकारी नै नगराएको ।
(४) स्वास्थ्य संस्थाहरुमा आवश्यकता अनुसारको दक्ष जनशक्ति र स्वास्थ्य उपकरणहरुको अभाव रहेको, टेण्डर प्रक्रियाबाट नभई कोटेशन मार्फत कम गुणस्तर भएका एवम् म्याद कम भएका औषधि ल्याई छिट्टै स्वास्थ्य शाखाको स्टोरमा राखिएको अवस्थामा नै म्याद समाप्त भई नष्ट गर्नुपर्ने अवस्था देखिएकोले गुणस्तरयुक्त र मापदण्ड अनुरुपको औषधि नल्याई बजेट दुरुपयोग गरिएको ।
(५) विगत स्थानीय सरकारले ल्याएको वार्षिक नीति, कार्यक्रम तथा बजेट अन्र्तगत नगर गौरवका योजनाहरु, बहुवर्षीय क्रमागत योजनाहरु, अधुरा अपुरा योजनाहरु र निर्माण गरिएका विस्तृत परियोजना प्रतिवेदन (म्एच्) हरु अविछिन्न उत्तराधिकार अन्र्तगत कार्यान्वयन गर्नुपर्नेमा वास्ता नगरि अलपत्र छोडिएको साथै विस्तृत परियोजना प्रतिवेदन (म्एच्) माथि अर्को विस्तृत परियोजना प्रतिवेदन (म्एच्) तयार गरि बजेट दुरुपयोग गरिएको ।
(६) सामुदायिक विद्यालयहरुमा विद्यार्थी दिवा खाजा कार्यक्रममा विविधिकरण सहितको पोषणयुक्त स्थानीय उत्पादन प्रयोग गरिनुपर्नेमा सो नगरि बजेट दुरुपयोग गरिएको ।
(७) कृष्णपुर नगरपालिकाको वडा नं. २ मा संघीय योजना अन्र्तगत सञ्चालित नन्दिपुर खानेपानी तथा सरसफाई योजनाको घेर पर्खाल निर्माण गर्दा अब्बल (एक) नम्बर इटा प्रयोग गरि गुणस्तरिय काम गर्नुपर्नेमा दुई नम्बर इटा प्रयोग गुणस्तरहिन काम गरेको ।
(८) कृष्णपुर नगरपालिका वडा नं. २ वडा कार्यालयको पुरानो भवनको संरचना आवश्यकता र औचित्यको पुष्टि नगरी भत्काई घेर पर्खाल निर्माण गरेको, घेर पर्खालमा वडा कार्यालय नजिक रहेको भत्काइएको पुरानो भवनमा प्रयोग गरिएका इटा नै प्रयोग गरि रकम दुरुपयोग गरिएको, सोही काममा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतका कामदार प्रयोग गरि योजनामा व्यापक रकम दुरुपयोग भएको ।
(९) कृष्णपुर नगरपालिका वडा नं. २ को स्वामित्वमा रहेको सरकारी जग्गा आर्थिक चलखेल गरि कानुन विपरित व्यक्तिलाई दिएको ।
(१०) कृष्णपुर नगरपालिका वडा नं. २ र अन्य वडाहरुमा रहेका विभिन्न बाटा तथा सडकहरुमा गत विगतमा ग्राभेल र पानी पिच भैसकेको भएतापनि खाल्डा खुल्डी पुर्ने शिर्षकमा बजेट विनियोजन गरि कोटेशन मार्फत उक्त बाटोहरुमा पुनः ग्राबेल गरि रकम दुरुपयोग गरिएको ।
(११) कृष्णपुर नगरपालिका वडा नं. २ नन्दिपुर र शुक्लाफाँटा नगरपालिका वडा नं.१ बन्साहा जोड्ने झोलुगें पुल निर्माण समितिको वर्षौदेखि वडा अध्यक्ष अर्जुन साउँद आफै अध्यक्ष भई काम सम्पन्न नगरेको र झोलुगें पुल निर्माण तथा मर्मतका लागि संघिय सरकारबाट नगरपालिका मार्फत वर्षेनी आउने बजेट दुरुपयोग गरेको ।
(१२) कृष्णपुर नगरपालिका वडा नं. २ र शुक्लाफाँटा नगरपालिका वडा नं.१ सेवा क्षेत्र रहेको झिलिमिली सामुदायिक वन उपभोक्ता समुहको १३ वर्षदेखि वडा अध्यक्ष अर्जुन साउँद आफै अध्यक्ष भई नियमित प्रक्रिया नपुर्याई, नियमित वैधानिक साधारण सभा समेत नगरि उपभोक्तालाई कुनै जानकारी नै नदिई विभिन्न कार्यक्रम सञ्चालन गरेका कञ्चनपुर जिल्ला सव डिभिजन वन अधिकृत र सम्बन्धित डिभिजनको प्रमुख समेतको मिलेमतोमा व्यापक अनियमितता गरेको ।
(१३) कृष्णपुर नगरपालिका वडा नं. २ मा रहेको मछेली नदिमा आ.व २०७८÷०७९ को असारमा र आ.व २०७९÷०८० मा गरि दुई पटक नदिको दिर्घकालिन रुपमा रोकथाम गर्ने उपाय अबलम्बन नगरि पहिले गत आ.वमा गरिएको धार परिवर्तन भत्काई नदिले क्षति गर्दा समेत पुनः सोहि नदिमा धार परिवर्तनका नाममा चालु आ.व.मा समेत कोटेशन मार्फत जनताबाट संकलित करबाट विनियोजन गरिएको रकम दुरुपयोग गर्ने काम गरि व्यापक अनियमितता गरेको ।
(१४) कृष्णपुर नगरपालिका वडा नं.१ मा भुमिगत जलस्रोत विकास समिति मार्फत ३० वटा सिचाँईका बोरहरु कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा र वडा नं.१ का वडा अध्यक्ष मोहन बस्नेतको प्रत्यक्ष निर्देशन र सल्लाहमा उपभोक्ता समितिका अध्यक्ष गगन खत्रीले समितिले सबै प्रकारको बजेट उपलब्ध गराउँदा समेत उपभोक्ताहरुबाट जनही ५ देखि १० हजार रकम संकलन गरेको भनी विभिन्न सामाजिक सञ्जालहरु र अनलाइनहरुमा आउँदा समेत उपभोक्ताहरुलाई रकम फिर्ता नगरेको ।
(१५)कृष्णपुर नगरपालिका वडा नं.१ मा प्रदेश सरकारको आ.व.२०७८÷०७९ भैसी प्रबद्र्धन कार्यक्रमको अनुदान कार्यक्रममा अनियमितता गरि आ.व २०७९÷०८० मा समेत अनुदान रकम लिइएको तर भैसी प्रबद्र्धनका लागि ठोस योजना नै नभई हाल उक्त अनुदान प्राप्त व्यक्ति तथा समुहले भैसी नै नपालेको देखिएकोले उत्पादनमुलक तथा उपलब्धिमुलक काममा सरकारी रकम प्रयोग नगरि दुरुपयोग गरिएको ।
(१६) कृष्णपुर नगरपालिका वडा नं.१ दोमिल्लामा रहेको कुशल नर्सरीले लगातार हरेक वर्ष संघ, प्रदेश र नगरपालिका मार्फत बोटबिरुवा उत्पादनका लागि अनुदान प्राप्त गर्ने गरेको, एउटै नर्सरीमा रहेका एकै वर्ष उत्पादित बोटबिरुवाहरुमा सबै तहको अनुदान प्रदान गरिदाँ पहुँचवालाले मात्रै अनुदान प्राप्त गर्ने अवस्था हुदाँ वास्त्विक काम गर्ने किसानलाई समस्या परेको छ । यसरी एउटै नर्सरीलाई सबै तहबाट हरेक वर्ष अनुदान उपलब्ध गराउने निकायको पदाधिकारी र नर्सरीका सञ्चालकबाट भएको सरकारी रकमको दुरुपयोगलाई नियन्त्रण नगरिएको ।
(१७) कृष्णपुर नगरपालिका वडा नं.१ दोमिल्लामा कृष्णपुर नगरपालिकाको पशु विकास शाखा मार्फत वितरण गरिएका उन्नत जातको बिजार बोका वितरण गर्ने कार्यक्रम अन्र्तगत अर्को किसानको बोका देखाई र उक्त बोकाको फोटो देखाई अर्कै किसानलाई अनुदान दिइएको र आफ्नै खोरमा बाख्रा एवम् बोका हुदाँहुदै अनुदान लिई अनियमितता गरेको ।
(१८) कृष्णपुर नगरपालिकाले शिक्षाको गुणस्तर सुधारको नाममा नियमित रुपमा सञ्चालित माद्यमिक विद्यालयहरुमा दरबन्दीमा रहेका विषयगत शिक्षकहरुलाई तहगत प्रधानाध्यापक बनाउने नाममा पुर्ण दरबन्दी भएका विद्यालयबाट दरबन्दी शिक्षक अन्यत्रै विद्यालयमा सरुवा गराई राजनैतिक आस्थाका आधारमा आफ्ना निकटका व्यक्तिहरुलाई नियुक्ति गर्न लगाएको र आधारभुत तथा प्राथमिक तहमा दरबन्दी भन्दा बढी शिक्षक भई पुल दरबन्दी कायम गरिएको तर दरबन्दी अपुग भएको भनी सोही तहमा नयाँ शिक्षक नियुक्त गरि नगरपालिकाबाट अनुदान दिई रकम दुरुपयोग गरिएको ।
(१९) कृष्णपुर नगरपालिकामा दरबन्दी मिलानको कार्य २०७९ मंसिर र २०८० बैशाखमा गरिएको तर स्थानीय सरकार सञ्चालन ऐनको दफा १०२ बमोजिम कानुन निर्माण गरि सबैको जानकारीका लागि राजपत्र प्रकाशित गरि मात्र निर्णय कार्यान्वयन गर्नुपर्नेमा आफु अनुकुल सबै प्रकारका निर्णय गरि सोहि अनुसार बैशाख अन्तिम देखि जेठ दोस्रो हप्तामा मात्रै राजपत्र प्रकाशन गरिएको ।
(२०) कृष्णपुर नगरपालिकाका १३ वटा माद्यमिक विद्यालयहरुमा बालबालिकाहरुलाई आकर्षित गर्ने भन्ने नाममा अमुक संस्थाले अनुदान दिएको भनी नगरपालिकाले प्रचारबाजी गरिएको पछि आएर नगरपालिकाले कुनै विधि मापदण्ड नपुर्याई आफैले एकमुष्ट खरिद गराइएको तर फेरि पछि आएर विद्यालयहरुलाई नै विद्यालयको खातामा नगरपालिकाबाट रकम हस्तान्तरण गरि भुक्तानी गरिएकोले सम्बन्धित विद्यालयको आवश्यकता र औचित्यता पुष्टि नै नगरी एकोहोरो रुपमा नगरपालिकाले आफैले एकमुष्ट खरिद गरि वितरण गरिएका एीब्थ् क्त्ब्त्क्ष्इल् मा व्यापक अनियमितता गरिएको । (यसको उदाहरणका रुपमा कृष्णपुर नगरपालिका वडा नं. ५ मा सञ्चालित कञ्चनजंघा मा.वि.ले सरकारी लगानीमा खरिद गरिएका एीब्थ् क्त्ब्त्क्ष्इल् भन्दा राम्रो र गुणस्तर भएको एीब्थ् क्त्ब्त्क्ष्इल् कम रकममा खरिद गरेको देखिएको छ ।)
(२१) कृष्णपुर नगरपालिका वडा नं. २ मा रहेको उदय माद्यमिक विद्यालय र कृष्णपुर नगरपालिका वडा नं. ३ मा रहेको नन्द माद्यमिक विद्यालयले विद्यार्थी आकर्षित गर्ने नाममा विद्यालयको रकम र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट रकम संकलन गरि सार्वजनिक खरिद नियमावली विपरित विद्यालयले क्भ्ऋइल्म् ज्ब्ल्म् बस खरिद गरि रकम दुरुपयोग गरिएको ।
(२२) कृष्णपुर नगरपालिका वडा नं. २ मा रहेको उदय माद्यमिक विद्यालय र कृष्णपुर नगरपालिका वडा नं. ३ मा नन्द माद्यमिक विद्यालयले विद्यालयको प्रांगण फिलिगं गर्न भनी ५ लाख बजेट विनियोजन गरिएको तर प्रांगण मर्मत नै नगरि सामान्य रुपमा मात्र काम गरि गराई बिल भर्पाइ बनाई रकम दुरुपयोग गरिएको ।
(२३) कृष्णपुर नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको नाममा वडा नं. २, वडा नं. ४ र वडा नं. ५ मा निर्माण गरिएका खोरमा आवश्यकता भन्दा बढी बजेट विनियोजन गराई रकम दुरुपयोग गरेको । गोठहरुमा व्यक्तिगत लाभका लागि कुखुरापालन, बंगुरपालन लगायत काम गरि बजेट दुरुपयोग गरिएको ।
(२४) कृष्णपुर नगरपालिकाले चालु वर्षमा गर्ने गरि कालोपत्रे गर्नका लागि बजेट विनियोजन गरिएको तर समयमा नै सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम बोलपत्र मार्फत कार्यान्वयन गर्नुपर्नेमा रकमान्तर गरि पानी पिच गर्न र ग्राबेल गर्ने नाममा असारमा आएर कोटेशन र उपभोक्ता समिति मार्फत गरि रकम दुरुपयोग गरिएको ।
(२५) कृष्णपुर नगरपालिका वडा नं. ४ मा रहेका बाटो तथा सडकहरुको स्तरोन्नतिका लागि बजेट विनियोजन गरि सडक तथा बाटो निर्माण गर्न उपभोक्ता समिति गठन गरिएको तर उक्त योजना कार्यान्वयन गर्दा नगरपालिकाका स्रोत साधनहरुको प्रयोग गरिएकोले एउटै योजना कार्यान्वयन गर्दा दोहोरो बजेट व्यवस्थापनले आशंका उत्पन्न भएको छ । उक्त बाटो तथा सडकहरु कुन मापदण्डका आधारमा निर्माण गरिए ? उक्त योजनाहरु कार्यान्वयमा प्रयोग गरिएका नगरपालिकाका स्रोत साधनहरु प्रयोग बाफत के कति खर्च भयो ? उपभोक्ता समिति मार्फत के कति खर्च भयो स्पष्ट हुन सकिएन । यसबाट उक्त बाटो तथा सडक स्तरोन्नति गर्र्दा व्यापक अनियमितता भएको देखिएको छ ।
(२६) कृष्णपुर नगरपालिकाको हालको स्थानीय सरकारले अविछिन्न उत्तराधिकार रहने सर्वमान्य सिद्धान्तलाई ग्रहण नगरी विगतका जनप्रतिनिधि रहँदा कार्यालयले क्ब्ँभ् ज्इग्क्भ् निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन निर्माण गरि बजेट समेत विनियोजन गरिएकोमा उक्त विस्तृत परियोजना प्रतिवेदन अनुरुप क्ब्ँभ् ज्इग्क्भ् निर्माण गनुपर्नेमा बिना योजना र मापदण्ड ट्रस हालेर स्वास्थ्य चौकीको माथिल्लो (तेस्रो) तलामा क्ब्ँभ् ज्इग्क्भ् निर्माण गर्ने कार्य गरेको छ । क्ब्ँभ् ज्इग्क्भ् निर्माण गर्ने गरि विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको ठाउँमा पुनः अर्को विस्तृत परियोजना प्रतिवेदन बनाउने कार्य गरिएको छ । एउटै ठाउँमा २ पटक विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने नियतले रकम दुरुपयोग गर्ने नियत प्रष्ट देखिन्छ त्यसैले यसमा व्यापक अनियमितता भएको आशंका उत्पन्न भएका ।
(२७) कृष्णपुर नगरपालिकाका हरेक वडाहरुमा योजना कार्यान्यन गर्नका लागि गठन गरिने उपभोक्ता समितिहरु गठन गर्दा सरोकारवालालाई सार्वजनिक सुचना नै नगरी आफु अनुकुल उपभोक्ता समितिहरु निर्माण गरि काम सम्पन्न पश्चात पनि उपभोक्ता समितिले सार्वजनिक सुनुवाई र लेखापरिक्षण गर्नुपर्नेमा सो समेत नगरी रकम भुक्तानी गरिएकोले सबै जसो योजनाहरुमा रकम दुरुपयोग गरिएको आशंका उत्पन्न भएको छ ।
(२८) कृष्णपुर नगरपालिका वडा नंं. ८ को वडा अध्यक्ष स्वयम् आफैले उपभोक्ता समिति बनाउँदा आफ्ना नजिकका व्यक्तिहरु उपभोक्ता समितिमा राखी सबै योजनाहरुको कार्यान्वयन गर्न आफैले जिम्मेवारी लिई व्यापक अनियमितता गरेको ।
(२९) कृष्णपुर नगरपालिका कार्यालयले अनावश्यक रुपमा औचित्य र आवश्यकता समेत नभएको स्थानहरु संरचना निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (म्एच्) निर्माण गरि चरम आर्थिक अनियमितता गरेको ।
(३०) कृष्णपुर नगरपालिका वडा नं. २ वाणी खल्लागोठ जोड्ने सडक कालोपत्रे गर्दा निर्माण व्यवसायीले कम गुणस्तरको काम गरेको भनी कालोपत्रे गरेको उप्काई गुणस्तरीय काम गराउने र गुणस्तरिय काम नभएमा भुक्तानी समेत नदिने भनी नगर प्रमुख र वडा अध्यक्षले प्रतिबद्धता गर्दै मिडियाबाजी गरेकोमा गुणस्तरिय काम नगराई नगरपालिका मार्फत भुक्तानी गरि अनियमितता गरेको ।
(३१) प्रदेश मार्फतका योजना तथा कार्यक्रमहरुमा सम्बन्धित सरोकारवालाहरुको अनुमति र चाहना बिना वनका कर्मचारीहरुको समेत मिलेमतोमा सार्वजनिक स्थानहरुमा भौतिक संरचना निर्माण गरि अनियमितता गरेको ।
(३२) कृष्णपुर नगरपालिका वडा नं. २ मा ह्याण्डपम्पमा मोटर देखाई प्रदेश पुर्वाधार विकास कार्यक्रमको विनियोजन गरिएको रकम अनियमितता गरेको ।
(३३) वडा नं. ४, ५, ६, ७, ८ र ९ मा उपभोक्ता समिति निर्माण गरिएको तर कार्यान्वयन गर्दा व्यक्तिलाई जिम्मा दिई व्यापक अनियमितता गरेको ।
(३४) वडा नं. ४ मा निर्माण गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणका लागि गठन गरिएको उपभोक्ता समितिलाई नै जानकारी नदिई उपकरण खरिद तथा निर्माण गरि रकम दुरुपयोग गरिएको ।
(३५) महाकाली सिचाँई आयोजनाको तेस्रो चरण अन्र्तगत नहर निर्माणका लागि मुआब्जा वितरण गर्ने कामका लागि किसानलाई मार्का पार्ने गरि रकम निर्धारण गर्दा सरोकारवालाका बिचमा कुनै छलफल नै नगरि वडा अध्यक्ष मोहन बहादुर बस्नेत र वडा सदस्य मदन थापाको उपस्थितमा गरेर मार्का पारिएको ।
(३६) पुर्वपश्चिम राजमार्गको इलाका प्रहरी कार्यालय, गुलरिया नजिकको भागमा सडक विभागले गर्नुपर्नेमा नगरपालिकाको बजेट प्रयोग गरि ग्राभेल गरि अनियमितता गरिएको ।
(३७) मछेली खोलाको नदिजन्य पदार्थ उत्खननका लागि भएको आ.व. २०७९÷०८० मा आन्तरिक आयको ठेक्काका विषयमा वडा नं. २ का वडा अध्यक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी दर्ता गरिएको भनी सामाजिक सञ्जालमा प्रचार गरियो तर त्यसको यथार्थता के कसरी मिल्यो ? कति रकमको बार्गेनिंङ्गमा गरियो । सरोकारवालालाई किन गुमराहमा राखियो ? यसमा व्यापक अनियमितता भएको छ ।
(३८) नगरपालिकाले करको दायरा वृद्धि गरि आन्तरिक आय बढोत्तरी गर्नुपर्नेमा करको दर वृद्धि गरि जनताको ढाड सेक्ने काम गरेको ।
(३९) गुलरिया बजार क्षेत्रमा ढल निकासका लागि निर्माण गरिएको नाला पानी निकास नै नहुने गरि निर्माण गरेर अनियमितता गरेको ।
(४०) नगरपालिकाले हेभी सवारी चालक नियुक्त गर्दा सवारी चालक अनुमति पत्र नभएको व्यक्तिलाई प्रचलित कानुन विपरित नियुक्त गरि तलब भत्ता खुवाई आर्थिक अनियमितता गरेको ।
उपरोक्त योजना तथा कार्यक्रमहरु प्रतिनिधिमुलक रुपमा प्रस्तुत गरिएका छन् । यस्ता थुप्रै योजना तथा कार्यक्रमहरुमा व्यापक अनियमितता गरिएको छ । हामीसँग यसका प्रमाण सुरक्षित छन् । प्रमाणका लागि स्थलगत रुपमा स्वच्छ ढंगले अनुगमनमा गए यथार्थ अवस्था चित्रण हुने देखिन्छ ।
उपरोक्त उठान गरिएका विषयहरु हामीले नगरपालिकाले दिएको सुचना, स्थलगत रिपोर्टका आधारमा तय गरिएकोले यथार्थ अवस्थाको यकिन गरि छानबिन गरि अनियमितता गरिएको रकम फिर्ता गरि पारदर्शिता कायम गर्न अनुरोध गर्दछौ र सम्बोधन नगरिए आन्दोलनका कार्यक्रम सार्वजनिक गरि चरणबद्ध आन्दोलन गर्ने जानकारी गराँउदछौ ।
हार्दिक अभिवादन सहित !
गणेश सिंह ऐरी
अध्यक्ष